हुम्ला र डोल्पाका सीमा नाका ३० गते रातीसम्म बन्द

बैशाख २८, काठमाण्डौ । शुक्रबार हुने स्थानीय तहको निर्वाचन लक्षित कर्णालीमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । जस अन्तर्गत तिब्बततर्फ हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको त्यहाँ सुरक्षा अधिकारीहरूले बताएका छन् । १० जिल्ला रहेको कर्णालीको भारतसँग सिधा खुला नाका छैन ।

दक्षिणतर्फ बाँके र बर्दियासँग जोडिएकाले बाँके र सुर्खेतको बीचमा रहेको बबई नाकामा पनि कडा निगरानी राखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाकाहरू भने पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले बताए ।

संम्बन्धित समचार

Leave a Reply