लिपुलेक क्षेत्रमा स्थानीय निर्वाचन नहुने, नेपालको दावी कागजमै सिमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २८, काठमाडौं । नेपालले आफ्नो भू–भाग भएको दाबी गर्दै नक्सा छापेका तीन भू–भागमा स्थानीय तहको निर्वाचन नहुने भएको छ । देशको राजनीतिक र प्रशासनिक नक्सामा समावेश गरिएका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा यही वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचन हुने कुनै सङ्केत नदेखिएको हो । यी तीन क्षेत्रलाई नेपालले दार्चुलाको व्यास गाउँपालिकामा राखेको छ । यद्यपि, उक्त क्षेत्रमा बसोबास गर्ने कसैको नाम पनि मतदाता सूचीमा नभएको निर्वाचन आयोगले जनाएको छ ।

गुन्जी, कुटी र नाभीलगायतका ती गाउँमा जनगणना नभएको र त्यहाँका मानिससँग नेपाली नागरिकतासमेत नभएकाले निर्वाचन सम्भव नभएको आयोगका एक अधिकारीले बताए । यस विषयमा गृह मन्त्रालय भने पन्छिएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा छपाएर आफ्ना भू–भाग नेपालले भएको दाबी गरे पनि भारतले पनि ती स्थान आफ्नो भएको दाबी गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस