४ दिनमा करिब २ लाख २० हजारभन्दा बढीले सडकमार्ग हुँदै उपत्यका छाडे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २८,काठमाडौँ । पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका छन् । २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार भने बाहिरिनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

बुधबार नाकाहरुमा यात्रुको चाप उच्च छ । उपत्यका छाड्ने बसहरुमा पनि कोचाकोच गरेर यात्रुहरु घर फर्किएका छन् । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरु पनि भोट हाल्न गाउँ फर्किंदैछन् । भोलिसम्म नै सवारीका यात्रुको चाप उच्च हुने अनुमान ट्राफिक प्रहरी महाशाखाको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस