नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको निगरानीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २९, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले निगरानीमा राखेको छ । दाङका जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण गराउने सवालमा बास्तोलासँग सोधपुछ भइरहेको जानकारी दिए ।

‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छैनौं र प्रहरीले छोडेको पनि छैन,’ काफ्लेले भने, ‘उहाँहरूको निर्वाचन बहिष्कार अभियान रहेछ, बुटवलमा हिजो मात्रै बम बिस्फोट भएको छ । त्यसैले हामीले सोधपुछ गरेका हौं र निरन्तर निगरानीमा राख्नेछौं ।’

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरीले बिहीबार बिहान ४ बजे सोधपुछका लागि भन्दै दाङको भालुवाङमै रोकेको थियो । प्रहरीका अनुसार अहिले पनि उनी प्रहरी निगरानीमै छन् । निर्वाचन सम्पन्न नहुँदासम्म उनलाई प्रहरी निगरानीमै राखिने भएको छ ।

नेकपा बहुमतले पालिका चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर सोमवार नेकपा बहुमत पार्टी घोषणा भएको थियो । यसअघिको पालिका चुनाव विप्लव नेतृत्वको नेकपाले बहिष्कार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस