सानागाउँमा बस दुर्घटना, २५ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २९, काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा कम्तिमा २५ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र अन्यलाई पनि ल्याउने काम भैरहेको डीएसपी चौधरीले बताए ।

उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस