बाबुरामले गरे गोप्य मतदान सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३०, शुक्रबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बुथमा मतदान गरेका हुन् ।

भट्टराईले आफूले मतदान गरेको तस्वीर पनि सार्वजनिक गरेका छन् । छाता चुनाव चिह्नमा मतदान गरेको मतपत्र पनि डाक्टर भट्टराईले सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगले मतदान केन्द्रमा मोबाइल फोन लैजान र मतदानको फोटो खिच्न प्रतिबन्ध लगाएको छ । तर उनले आयोगको निर्देशन विपरित फोटो सार्वजनिक गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस