धुनिवेशीमा ७३ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

बैशाख ३०,धादिङ । धुनिवेशी नगरपालिकामा सबै वडामा मतदान सम्पन्न भएको छ । बिहानैदेखी मतदाताले आ–आफ्नो वडाको मतदान केन्द्रमा मत हालेका थिए । यसैगरी धुनिवेशी नगरपालिकाको वडा नम्बर १ मा वडाको निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनसार ३१५४ मतदाता रहेकोमा २१४८ मत खसेको छ । वडा नम्बर २ मा ३४८३ मतदाता रहेकोमा २४४२ मत खसेको छ । वडा नम्बर ३ मा २७२६ मतदाता रहेकोमा २००३ मत खसेको छ ।

वडा नम्बर ४ मा २११८ मतदाता रहेकोमा १६३६ मत खसेको छ । वडा नम्बर ५ मा २६५६ मतदाता रहेकोमा २०२७ मत खसेको छ । वडा नम्बर ६ मा २२१५ मतदाता रहेकोमा १६२९ मत खसेको छ । वडा नम्बर ७ मा ३०६४ मतदाता रहेकोमा २२९३ मत खसेको छ । वडा नम्बर ८ मा २९९६ मतदाता रहेकोमा २१७० मत खसेको छ यत वडा नम्बर ९ मा ३४०८ मतदाता रहेकोमा २५४० मत खसेको छ । धुनिवेशीमा जम्मा मतदाता २५८२० रहेकोमा जम्मा गरि १८८८८ मत खसेको छ । धुनिवेशीमा ७३.१५ प्रतिशत मत खसेको तथ्याङ्कले देखाएको छ ।

संम्बन्धित समचार