निलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार ढुंगानामाथि हातपात

बैशाख ३०,काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानामाथि हातपात भएको छ ।

मतदानको जानकारी लिन नगरपालिकाको वडा नम्बर ५ को पञ्चकन्या मतदान केन्द्रमा पुगेका ढुंगानालाई अज्ञात समूहले हातपात गरेको हो । उनी नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । उनी नेपाली कांग्रेसकोतर्फबाट गठबन्धनका मेयर उम्मेदवार हुन् ।

मतदान भइरहेका बेला बुथमा प्रवेश गरेका ढुंगानालाई चार थप्पड हानिएको प्रत्यक्षदर्शीले बताए । उम्मेदवार ढुंगानालाई आक्रमणपछि नजिकै कांग्रेस कार्याकर्ताहरुले उद्धार गरेर सुरक्षित ठाउँमा राखेका थिए।

संम्बन्धित समचार

Leave a Reply