स्थानीय तह निर्वाचन: ४४ मतदान केन्द्रमा मतदान स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३०, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३०,काठमाडौँ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो ।

स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

त्यहाँ मतदान भएपछि मात्र मतगणना सुरु हुनेछ । उनका अनुसार हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्न सुरु गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस