मनाङको चामेमा एमालेका गुरूङ, नार्पाभूमिमा कांग्रेसका लामा विजयी

बैशाख ३१, काठमाडौँ । मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । उनी ३२० मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

चामेको वडा नम्बर १को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध निर्वाचित भएका थिए । वडा ३ र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

यस्तै वडा नम्बर ५ को वडाध्यक्ष गोलाप्रथाबाट एमालेका उम्मेदवार कैले गुरूङ वडाध्यक्ष निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष समेत रहेका गुरूङ र कांग्रेसका उम्मेदवार फुर्पा छिरिङले समान ३०/३० मत प्राप्त गरेका हुन् ।

त्यस्तै, सोहि वडाको खुला सदस्यमा पनि गोलाप्रथाद्वारा एमालेका समिरा गुरुङ विजयी भएकी छन् । समिरा र कांग्रेस उम्मेदवार सेराव विष्टको बराबर २८ मत आएको थियो ।

यस्तै मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा १५८ मत ल्याएर लामा विजयी भएका हुन् । लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply