मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले विजयी !

बैशाख ३१,काठमाण्डौ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा एमालेका उम्मेदवार छोम्पेल विष्ट ६८९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी लक्ष्मी गुरुङलाई पराजित गरेकी हुन् । गुरुङले २२५ मत प्राप्त गरेकी छन् ।

संम्बन्धित समचार

Leave a Reply