दिल्लीको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्य भएको छ ।

शुक्रबार साँझ भएको आगलागीमा २७ जनाको शव भेटिएको र मृत्य हुनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताएका छन् ।

आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस