छांगरु र तिंकरका मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३१, दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु तिंकरको मत पेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको छ ।

दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामाग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो ।

व्याँस गाउँपालिकाका ६ वटै वडामा ५ हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस