धुलिखेल नगरपालिकामा बागी उम्मेदवारको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३१, काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गनिसक्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायमै राखेका छन् ।

बस्नेतले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत पाएका छन् ।

अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए । गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस