बेलकोटगढीमा ७४ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

बैशाख ३१,नुवाकोट । बेलकोटगढी नगरपालिकामा कुल २४ हजार ८ सय ५६ मत खसेको छ । १६ मतदान केन्द्र रहेको बेलकोटगढीको १ नम्बर वडामा ११ सय ६१ मत खसेको थियो ।

त्यस्तै वडा नम्बर २ मा १९ सय २५ मत खसेको थियो वडा नम्बर ३ मा २१ सय ६२, वडा नम्बर ४ मा १८ सय ५, वडा नम्बर ५ मा २१ सय ७५, वडा नम्बर ६ मा १७७६,वडा नम्बर ७ मा २५ सय ६७,वडा नम्बर ८ मा २१ सय ८७, वडा नम्बर ९ मा १८ सय ३६, वडा नम्बर १० मा १७ सय ६५ ,वडा नम्बर ११ मा १८ सय २७, वडा नम्बर १२ मा १५ सय ३२ वडा नम्बर १३ मा २१ सय ३० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

कुल मतदाता संख्या ३३ हजार ४ सय ८१ रहेको बेलकोटगढीमा ७४ दशमलब २३ प्रतिशत मत खसेको छ । बेलकोटगढीमा १७ हजार ६ सय ६१ पुरुष मतदाता रहेका छन् भने १५ हजार ८ सय २० महिला मतदाता रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply