सिद्धलेक गाउँपालिकामा कति मत खस्यो ?

Post Thumbnail

बैशाख ३१,धादिङ । जिल्लामा रहेकोे २ लाख ६८ हजार ४७२ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्बाचन कार्यालय धादिङले बताएको छ । केही मतदान केन्द्रमा सामान्य विवाद र धकेलाधकेल भएको भएपनि तत्कालै स्थानीय नेताहरुको समन्वयमा उत्पन्न विवाद समाधान गरेर मतदान सम्पन्न गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।

सिद्धलेक गाउँपालिकामा कति मत खस्यो ?

सिद्धलेक गाउँपालिकाको ७ वटै वडामा १४ हजार ६ सय ७१ मत खसेको छ । गाउँपालिकाको वडा नम्बर १ मा २ हजार २ सय ११,वडा नम्बर २ मा २ हजार ७ सय ५४, वडा नम्बर ३ मा १ हजार ८ सय ७८, वडा नम्बर ४ मा १ हजार ८ सय ३३ मत खसेको हो । त्यस्तै वडा नम्बर ५ मा १ हजार ७ सय २०, वडा नम्बर ६ मा १ हजार ८ सय ७८ र वडा नम्बर ७ मा २ हजार ३ सय ९७ मत खसेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस