वैशाख ३१, काठमाण्डौ । मकवानपुरको थाहा नगरपालिकाको मेयरमा गठबन्धनले अग्रता लिएको छ । ८ सय मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका विष्णु बहादुर विष्ट ४३० मत ल्याएर अग्रता कायम गरेको हो । यस्तै एमालेबाट मेयरमा उम्मेदवार अचुतम प्रसाद ढकालले २५५ मत पाएका छन् ।