इलामको देउमाई नगरपालिकाको मतगणनामा विवाद हुँदा झडप, प्रहरीद्वारा हवाई फायर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

३१ वैशाख, काठमाण्डौ । इलामको देउमाई नगरपालिकाको मतगणनामा विवाद हुँदा झडप भएको छ । मतदान अधिकृतको गोजीमा स्वस्तिक छाप भेट्टिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध गरेपछि स्थिति तनावग्रस्त भएको हो । विवादपछि देउमाई नगरपालिकाको भवन तोडफोड भएको छ । घटनापछि झडपले हिंसात्मक रुप लिन लागेपछि प्रहरीले हवाई फायर गरेको छ ।

देउमाईमा मतगणना नै रोकिएको छ । स्थिति सामान्य बनाएर छलफल गरी मतगणना अगाडि बढाउने तयारी भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी नै देउमाई पुगेका छन् । उनले सर्वदलीय बैठक डाकेर मतगणना पुनः सुरु गराउने बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस