वैशाख ३१, जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिकामा पुनः विवाद भएको छ । तीन दलको नेताहरूले त्यहाँ पुनः मतदान गराउन माग गर्दै प्रदर्शनसमेत गरिरेहका छन् । सो क्रममा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक भइरहेको बेला बाहिर जम्मा भएका कार्यकर्ताहरू बीच झडप छ ।
कौडेना गाउँपालिका ४ स्थित मोतिपुरमा पुनः मतदान गर्नुपर्ने जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्र्टी ९लोसपा० र नेकपा माओवादी केन्द्रको माग छ । नेपाली कांग्रेसले मतगणना हुनुपर्ने बताउँदै आएका छन् ।