अछामका दुई वडामा पुनः मतदान हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

३१ बैशाख २, अछाम । अछामका दुई वडामा पुन मतदान हुने भएको छ । साँफेबगर नगरपालिका १३ बाब्ला र पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा पुन मतदान हुने भएको हो ।

निर्वाचन आयोगले दुबै स्थानीय तहका निर्वाचन अधिकृतलाई पुन मतदान गराउन निर्देशन दिएको छ । निर्वाचन आयोगले पठाएको निर्देशन अनुसार सोहि अनुसार पुन मतदान हुने सूचना जारी गरेको साँफेबगर नगरपालिकाका निर्वाचन अधिकृत याम नारायण गौलीले बताए ।

बाब्लाको राष्ट्रिय माविको ‘क’ र ‘ख’ केन्द्र र लयाँटीको नवज्योति माविमा पुनः मतदान गर्न आयोगले निर्देशन पठाएको हो। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० अनुसार पुनः मतदान गर्ने व्यवस्था मिलाउन अधिकृतलाई भनिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस