जेठ १,काठमाडौँ । काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले १०५३ मत ल्याउँदै अग्रता कायम नै राखेका छन् ।
निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार ३ हजार २५९ मत गणना गर्दा साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८३८ मत ल्याएका हुन् ।
त्यस्तै, काँग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ६३६ मत ल्याएकी छन् ।