जेठ १,धादिङ । गल्छि गाउँपालिका वडा नं. ३ को अध्यक्षमा माओवादी केन्द्रका राजन भुजेल विजय भएका छन् । उनि धादिङको गल्छी गाउँपालिका ३ मा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका उम्मेदवार थिए ।
भुजेलले ७२५ मत प्राप्त गरेका छ्न । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका कपिल रेग्मी ४८८ मत ल्याएर पराजित भएका छन् ।
वडा नम्बर ३ को अन्तिम मतपरिणाम आउदा ३ नम्बर वडाबाट पालिका अध्यक्षमा सुर्य चिन्हलाई ४८८ गठबन्धनमा कलम चिन्हलाई ७१० ,उपाध्यक्षमा सुर्य चिन्हलाई ४६६ र गठबन्धनको रुख चिन्हलाई ७०० मत आएको छ ।