धुनिवेशी ३ मा कांग्रेसका प्रकाश हमालसहित प्यानल नै विजयी

Post Thumbnail

जेठ १,धादिङ । धुनिबेशी नगरपालिका वडा नं ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा प्रकाश हमाल विजयी भएका छन् । उनले ९ सय ३५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी बद्री प्रसाद कडेलले ४ सय ७१ मत ल्याएका थिए । त्यस्तै गरी स्वतन्त्र उम्मेदवार कुमार बहादुर तामाङले ३ सय ६५ मत ल्याएका छन् ।

वडा नम्बर ३ मा गठबन्धनतर्फ मेयरका उम्मेदवारलाई ९ सय ७५ मत प्राप्त भएको छ भने उपप्रमुखमा ८ सय ८७ मत प्राप्त भएको छ । यसैगरी मेयरमा एमालेका उम्मेदवारलाई ४ सय ७३ मत प्राप्त भएको छ भने उपमेयरमा ४ सय ९१ मत प्राप्त भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस