मलेसियामा २४ घन्टामा २ हजार ३ सय कोरोना संक्रमित, तीनको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ १, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाण्डौ । मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन् । साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ देशभित्र र बाहिरबाट आएकाहरुमा कोभिडको संक्रमण देखिएको छ ।

पहिलेको तुलनामा यहाँ संक्रमितहरु घटेको भए पनि यहाँ कोभिडको संक्रमण उल्लेख्य मात्रामा कम हनु भने सकेको छैन । यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै कोभिड संक्रमण सुरु भएदेखि अहिलेसम्म यहाँ ३५ हजार भन्दा बढीको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस