काठमाडौं महानगरमा बालेन १३ सयभन्दा बढी मतले अगाडी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस