उदयपुरका मुख्य निर्वाचन अधिकृत खनालद्धारा राजीनामा, ६ वटामा मतगणना जारी !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाण्डौ । उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएका छन् । उदयपुरका सहायक निर्वाचन अधिकृत दिलीप मगरका अनुसार स्वास्थ्य कारण देखाउँदै खनालले निर्वाचन आयोगमा राजीनामा पठाएका हुन् ।

जिल्लाका आठवटै स्थानीय तहमध्ये ६ वटामा मतगणना जारी छ । तर, त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा अझै पनि मतगणना हुन सकेको छैन । त्रियुगा नगरपालिका– १२ को मतदान केन्द्रमा मतदान अधिकृतले मनमौजी गरेको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेपछि मतदानकै क्रमा रोकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस