हालसम्म २६ स्थानीय तहको नजिता सार्वजनिक : ११ वटामा नेकपा एमाले, कांग्रेस ९ स्थानमा बिजयी !

जेठ १, काठमाडौं । स्थानीय निर्वाचनको जारी मतगणनामध्ये हालसम्म २६ वटा स्थानीय तहको नजिता सार्वजनिक भएको छ । तीमध्ये ११ वटामा नेकपा एमालेले जित हासिल गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले ९ स्थानमा जित हासिल गरेको छ । त्यस्तै, माओवादी केन्द्रले चार ठाउँ र नेकपा एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेको छ ।

एकीकृत समाजवादीले जितेका दुई ठाउँ चुनाव जितेको नभई सर्वसम्मत भएको हो । जारी मतगणनामा अग्रता लिनेमा कांग्रेस अगाडि छ । कांग्रेसले २५८ स्थानमा अग्रता लिएको छ भने एमालेले १९० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादीले १११ स्थानमा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १२ स्थानमा मात्रै अग्रता लिएको छ । जनता समाजवादी पार्टीले २७ स्थानमा अग्रता लिएको छ भने स्वतन्त्र र अन्य दलले भने २७ स्थानमा अग्रता लिएका छन् ।

 

संम्बन्धित समचार

Leave a Comment