‘गाउँपालिका अध्यक्षमा जित्ने पहिलो महिला अरुणादेवी’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाडौ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अरणादेवी राई गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला बनेकी छिन्। नेकपा एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई ३०६ मतान्तरले पराजित गर्दै नेकपा माओवादी केन्द्रकी अरुणादेवी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी हुन्।

अरुणादेवीले दुई हजार ८८१ मत प्राप्त गर्दा एमालेका राईले दुई हजार ५७५ मत प्राप्त गरे। गाउँपालिका अध्यक्षमा जित हासिल गरेसँगै उनी हालसम्म निर्वाचित जनप्रतिनिधिमा गाउँपालिका प्रमुख जित्ने पहिलो महिला बनेकी हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस