दाङ शान्तिनगर २ अध्यक्षमा स्वतन्त्र उम्मेदवार वली विजयी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १, दाङ । शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका २७ वर्षका सुनिल वली विजयी भएका छ्न् । उनले ७४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले ६४१ मत प्राप्त गरेका थिए । कांग्रेसका उम्मेदवार टोपेन्द्रकुमारी खड्काले ४७६, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३१४ मत प्राप्त गरेका थिए ।

वडाध्यक्ष विजयी भएका वली कांग्रेसनिकट थिए । तर उनले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । सदस्यमा दलित महिला सदस्य र खुला सदस्यमा काङ्ग्रेसबाट र महिला सदस्य र खुला सदस्यमा नेकपा माओवादीबाट विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस