सल्यानको खलंगामा बम भेटियो, सेनाद्वारा निष्कृय

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

मंसिर १९, सल्यान । सल्यानको खलंगामा प्रेसर कुकर बम भेटिएको छ । सदरमुकाम खलंगामा रहेको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको जग्गामा बम भेटिएको हो ।

मंगलबार बेलुकी बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भेटिएको बमलाई नेपाली सेनाले निस्कृय पारेको छ । ब्रम्हाकुमारी राज योग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा शारदा नगरपालिका ३ मा रहेको जिल्ला हुलाक कार्यालय नजिकै बम भेटिएको हो ।

बमलाई भगवती प्रसाद गुल्मको डिस्पोजल टोलीले निष्कृय पारेको थियो । बमलाई निस्कृय बनाउँदा कुनै क्षती नभएको नेपाली सेनाले जनाएको छ । भेटिएको प्रेसर कुकर बम पुरानो भएकाले द्वन्द्वकालीन समयमा नै राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस