सिस्ने गाउँपालिका अध्यक्षमा माओवादीका कृष्ण रेग्मी विजयी

Post Thumbnail

जेठ २, काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी विजयी भएका छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् ।

रेग्मीले ३ हजार ७७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत प्राप्त गरेका छन् ।

यस्तै कांग्रेस–एमाले गठबन्धनबाट एमालेका गोपाल रेउले उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ३ हजार ७६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी आस्था विकले ३ हजार ४७४ मत प्राप्त गरिन् ।

यस्तै पालिका अध्यक्षमा राप्रका उम्मेदवार सुधिर विक्रम शाहीले १७ मत प्राप्त गर्दा नेमकिपाका कालो खड्काले ३ मत प्राप्त गरिन् ।

८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ वटा वडा माओवादीले जितेको छ भने ३ वटा वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस