गलकोट नगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । बागलुङको गलकोट नगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे विजयी भएका हुन् ।

यसअघि पनि उनि प्रमुख पदमा थिए । उनले ५ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २६२ मत प्राप्त गरेकी छन् ।

नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरेले जितेका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा विकले ३ हजार ५७ र स्वतन्त्र उम्मेदवार तिल बहादुर केसी उप्रेतीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस