इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर निर्माण क्षेत्रमा संलग्न कम्तिमा २४ जना मजदुरको हत्या गरेका छन् ।

इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न मजदुरको गोली हानी हत्या भएको हो ।

मजदुरको हत्या भएको विषयमा छानबिन गर्न गएको सुरक्षाकर्मीको टोलीमा संलग्न एक जनाको समेत गोली हानी हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले घटनामा पृथकतावादीको संलग्नता रहेको आरोप लगाएको छ । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस