निर्वाचनमा नतिजा अपेक्षाकृत आएन, दुःखी छौँ : विवेकशील साझा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को प्रारम्भिक परिणाम पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा दुःखी भएको बताएको छ । पार्टी प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सिकाइका आधारमा केही निर्मम समीक्षा र निर्णय हुने बताएका हुन् ।

विवेकशील पराजितका विषयमा टिकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्तावेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन् । अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।’

उनले वैचारिक उथलपुथल र कमजोरीका बाबजुद इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता कहिल्यै नगुमाएको दाबी गरेका छन् । ‘अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ’, विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस