काठमाडौँ महानगरमा बालेनलाई झन्डै २९ सय मतको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २, सोमबार (२ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले झन्डै २९ सय मतले अग्रता बढाएका छन् ।

१६ हजार ९ सय ५० मत गन्दा बालेनले ६ हजार एक सय ९४ मत पाएका छन् । उनका प्रतिस्पर्धि एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ३ हजार ३ सय मत ल्याएका छन् ।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई हजार ८ सय ६६ मत ल्याएकी छन् ।

यसैबीच उपमेयरमा एमालेकी सुनिता डङ्गोलले अग्रता बढाएकी छन् । उनले अहिलेसम्म ६ हजार ३ सय ४४ मत पाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस