१०१ पालिकाको नतिजा सार्वजनिकः पहिलो कांग्रेस, एमाले पछ्याउँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । गत बैशाख ३० गते स्थानीय तह निर्वाचनअन्र्तगत भएको निर्वाचनको मतपरिणाममा हालसम्म १०१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३९ पालिका प्रमखमा विजय हासिल गरेको छ । ३९ पालिकामा प्रमुख जितेको कांग्रेसले ४६ पालिकामा उपप्रमुख जितेको छ ।

दोस्रोमा नेकपा एमाले छ । एमालेले ३५ पालिकामा नेतृत्व हात पारेको छ भने ३० पालिकामा उपप्रमुख जितेको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ पालिका प्रमुख जितेको छ भने १६ पालिकामा उपप्रमुख जितेको छ ।

नेकपा एकीकृत समाजवादीले दुई पालिका जितेको छ भने पाँच पालिकामा उपप्रमुख जितेको छ । एक पालिकामा अन्यले प्रमुख जितेका छन् । जसपाले दुई पालिका उपप्रमुख जित्दा अन्यले दुई पालिका जितेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस