जेठ २, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाका क्रममा झडपको अवस्था आएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको बताए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ ।
धनौजीमा मतगणनाका क्रममा मत पेटिकामा खसेको मत भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।