जेठ ३,काठमाडौँ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।
ताजा मत परिणाम अनुसार बालेन शाहले ९ हजार ६ सय १४ मत पाएका छन् । उनि एमालेका मेयर उम्मेदरवार केशव स्थापित भन्दा झन्डै साढे चार हजार मतले अगाडि छन् ।
स्थापितले अहिलेसम्म ५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ७७ मत प्राप्त गरेकी छिन् ।
उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ।