धादिङको खनियाबास गाउँपालिकामा अध्यक्षमा तामाङ विजयी

जेठ ३,धादिङ । धादिङको खनियाबास गाउँपालिकामा गठबन्धन विजयी भएको छ । अध्यक्षमा गठबन्धको तर्फबाट कांग्रेसका रणबहादुर तामाङ विजयी भएका हुन् । रणबहादुर ०७४ मा पनि कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सेक्केमान तमाङ अत्याधिक मतका साथ विजयी भएका छन् । उनी ०७४ सालको चुनावमा अध्यक्ष पदमा रणबहादुर तामाङ सँग पराजित भएका थिए भने यो पटक अध्यक्षको टिकट गठबन्धनले कांग्रेसलाई दिएपछि उनी उपाध्यक्षमा उठेका थिए ।

अध्यक्षमा पदमा रणबहादुर तामाङले १६०९ मत विजयी भएका हुन् भने उनको प्रतिद्वन्दी स्वतनत्रका फुलबहादुर तामाङले १३९६ मत ल्याएका थिए । उपाध्यक्षमा अत्याधिक मतका साथ माओवादी केन्द्रका सेक्केमान तामाङले १८२७ ल्याउदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी राप्रपाबाट मरियम तामाङले १२२७ मत राकिएकी थिईन् ।

निर्वाचित वडा अध्यक्षहरु:

वडा नं १ सोनामबहादुर तामाङ, राप्रपा
वडा नं २ अरुण कुमार पाख्रीन, राप्रपा
वडा नं ३ मा कमान सिङ तामाङ, राप्रपा
वडा नं ४ लिलामान तामाङ, कांग्रेस
वडा नं ५ मा रविन तामाङ, एमाले

संम्बन्धित समचार

Leave a Reply