पर्वतको मोदी-५ मा कांग्रेसका मानबहादुर दुई मतले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौं । पर्वतको मोदी गाउँपालिका–५ बाजुङको वडाध्यक्ष कांग्रेसले जितेको छ । एमालेका उम्मेदवार तेजबहादुर क्षेत्रीलाई दुई मतले हराउँदै कांग्रेसका उम्मेदवार मानबहादुर अधिकारी विजयी भएका हुन् ।

कांग्रेसका अधिकारीले १ हजार ११४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार क्षेत्रीले त्योभन्दा दुई कम १ हजार ११२ मत पाएका छन् । बाँकी रहेका ४ जना सदस्यहरूमा भने एमालेकै उम्मेदवारहरू निर्वाचित भएका छन् । दुई जना खुल्ला सदस्य पदमा १ हजार २२२ मत सहित राजेश बहादुर शाही र १ हजार १४१ मतसहित बम बहादुर कुँवर निर्वाचित भएका छन् ।

महिला सदस्य पदमा एमालेकी कृष्ण कुमारी मल्ल १ हजार २९० मत ल्याएर निर्वाचित भएकी छिन् । दलित महिला सदस्य पदमा पनि एमालेकी पवित्रा विश्वकर्मा निर्वाचित भएकी छिन् । उनले १ हजार २६१ मत ल्याउँदा काँग्रेसकी भीमदेवी सुनारले ८२६ मत पाएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस