भरतपुरमा रेणुको अग्रता कायमै, १७२ मतान्तरले विजय पछाडी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार १८३ मत गन्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले ६ हजार ४३९ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस