‘कर्णाली प्रदेशमा ४० पालिकाको नतिजा सार्वजनिक’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ३, सुर्खेत । ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा ४० पालिकाको नतिजा सार्वजनिक भएको छ । मंगलबार दिउँसो १ बजेसम्मको परिणाम अनुसार ४० पालिकाको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेशमा हालसम्म सार्वजानिक नजिता अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले सबैभन्दा बढी १८ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले १३ पालिका प्रमुखमा जितेको छ ।

यी हुन् कांग्रेसले जितेका १८ पालिका

– ठूलोभेरी नगरपालिका, डोल्पा

-तिलागुफा नगरपालिका, कालीकोट

– महाबु गाउँपालिका, दैलेख

-भैरवी गाउँपालिका, दैलेख

– चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख

– ठाँटीकाँध गाउँपालिका, दैलेख

– खार्पुनाथ गाउँपालिका, हुम्ला

– कुमाख गाउँपालिका, सल्यान

-सिद्धकुमाख गाउँपालिका, सल्यान

– त्रिवेणी गाउँपालिका ,सल्यान

– शारदा नगरपालिका, सल्यान

-कनकासुन्दरी गाउँपालिका, जुम्ला

– पातारासी गाउँपालिका,जुम्ला

– हिमा गाउँपालिका, जुम्ला

– मुगुम कार्मारोंग गाउँपालिका, मुगु

-कुशे गाउँपालिका, जाजरकोट

– शिवालय गाउँपालिका, जाजरकोट

– बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम

माओवादीले जितेका १३ पालिका 

– नौमुले गाउँपालिका, दैलेख

-भगवतीमाई गाउँपालिका, दैलेख

-ताँजाकोट गाउँपालिका, हुम्ला

– नाम्खा गाउँपालिका,हुम्ला

– सिमकोटमा गाउँपालिका, हुम्ला

– पलाँता गाउँपालिका , कालीकोट

– शुभ कालीका गाउँपालिका, कालीकोट

– जगदुल्ला गाउँपालिका, डोल्पा

– मुड्केचुला गाउँपालिका, डोल्पा

– नलगाड नगरपालिका, जाजरकोट

-बनगाड कुपिण्डे नगरपालिका, सल्यान

– सानीभेरी गाउँपालिका, रुकुम पश्चिम

-सिंजा गाउँपालिका, जुम्ला

एमालेले जितेका ५  पालिका

– गुराँस गाउँपालिका, दैलेख

-डुङ्गेश्वर गाउँपालिका , दैलेख

– नारायण नगरपालिका, दैलेख

– शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)

– जुनिचाँदे गाउँपालिका, जाजरकोट

एकीकृत समाजवादीले जितेका ३ पालिका

– काइके गाउँपालिका, डोल्पा (निर्विरोध)

– छार्काताङसोङ गाउँपालिका , डोल्पा (निर्विरोध)

-कपुरकोट गाउँपालिका, सल्यान

स्वतन्त्र -१
-खाँडाचक्र नगरपालिका, कालीकोट

ताजा अपडेट

खोजी गर्नुहोस