मोरङमा ७० वडाको मत परिणाम सार्वजनिक हुँदा एमाले ३२ वडामा बिजयी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३, काठमाण्डौ । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाको गृहजिल्ला मोरङमा एमालेले धेरै वडा जितेको छ । अहिलेसम्म सार्वजनिक भएको ७० वडाको मत परिणाममा एमाले एक्लैले ३२ वडा जितेको हो । काँग्रेसले भने २६ वडा जितेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म ८ वडा जितेको छ । जसपाले ३ र १ वडामा स्वतन्त्रले जितेको छ ।

निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको विवरण अनुसार एमालेले मोरङको उर्लाबारीमा ३, कटहरीमा ३, कानेपोखरीमा ५, केराबारीमा ५, ग्रामथान ३, धनपालथान १, पथरीशनिश्चरे २, बुढीगंगामा १, मिक्लाजुङमा २, रतुवामाइमा १, विराटनगरमा ३, सुनवर्षीमा २, सुन्दरहरैंचामा १ वडामा जितेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस