देशभरका ७७ जिल्ला मध्ये जम्मा ८ वटा जिल्लाको मतगणना सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाण्डौ । देशभरका ७७ वटा मध्ये जम्मा ८ वटा जिल्लाको मतगणना सकिएको छ । प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा एउटा रसुवा गण्डकीमा ३ वटा मनांग, मुस्तांग र म्याग्दी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रोल्पा र वटा दार्चुला जिल्लाको मत गणना सम्पन्‍न भएको छ ।

हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्‍न भएका छन् । जसमध्ये प्रदेश १ का २, वाग्मतीको १ , गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १र१ जिल्लामा मतगणना सम्पन्‍न भएको हो । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन । प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् । तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३ । ३ वटा तहमा जित हासिल गरेका छन् ।

वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्‍न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जितेको छ ।

गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्‍न भएको छ । म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् । मुस्ताङका ५ वटा पालिकामध्ये एमालेले ४ वटा र कांग्रेस एउटा पालिकामा विजयी भएको छ । मनाङमा २ ।२ वटा पालिका कांग्रेस एमालेले जितेका छन् । लुम्बिनी प्रदेशको रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका विजयी भयो । सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस