जेठ ३, धादिङ । धादिङको धुनिवेंशी नगरपालिकाको मेयर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्यले जितेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डे २१ सय १४ मतान्तरले पराजित भएका छन् । आचार्यले ८ हजार ७०६ मत पाउँदा पाण्डेले ६ हजार ५९२ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका सुरज उप्रेती विजयी भएका छन् । उप्रेतीले ८ हजार ३८७ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाएकी छिन् ।
यि हुन् विजयी वडा अध्यक्षहरु
धुनीबेसी १ मानबहादुर तामाङ (माओवादी केन्द्र)
धुनीबेसी २ मा लक्ष्यजित तामाङ (एकीकृत समाजवादी)
धुनीबेसी ३ मा प्रकाश हमाल (कांग्रेस)
धुनीबेसी ४ हरि सुवेदी विजयी (एकीकृत समाजवादी)
धुनीबेसी ५ मा विशाल भट्टराई (स्वतन्त्र)
धुनीबेसी ६ मा रमेश आचार्य (माओवादी केन्द्र)
धुनिवेशी ७ यदुनाथ पाठक (कांग्रेस)
धुनीबेसी ८ मा रामकृष्ण रेग्मी (माओवादी केन्द्र)
धुनीबेसी ९ मा माधव प्रसाद सिलवाल (कांग्रेस)