३ सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ७० वटा नगरपालिका र दुई सय ८१ वटा गाउँपालिका गरी तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

सार्वजनिक मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३८ वटा नगरपालिका र एक सय २२ वटा गाउँपालिका गरी एक सय ६० वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ३१ वटा नगरपालिकाको उपमेयर, एक सय २२ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात सय ५७ वटा वडाध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले २० वटा नगरपालिका र ७९ वटा गाउँपालिका गरी ९९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले २३ वटा नगरपालिकाको उपमेयर, ७४ वटा पालिकाको उपाध्यक्ष र एक हजार तीन सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म आठ वटा नगरपालिका र ६७ वटा गाउँपालिका गरी ७५ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै माओवादीले ११ वटा नगरपालिकाको उपमेयर, ६९ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिकाको मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र नौ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

जनता समाजवादी पार्टीले पनि चार वटा गाउँपालिको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र जनमोर्चाले एउटा नगरपालिकाको मयर जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस