काठमाडौंमा बालेन्द्र साह दोब्बर मतले अगाडी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १५ हजार मत कटाएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १५ हजार ४ सय २ मत ल्याएर अग्रता लिएका हुन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ८ हजार २ सय ८८ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७ हजार २ सय ९० प्राप्त गरेका छन् ।

उपमेयरमा भने सुनिता डंगोल फराकिलो मतान्तनरले अगाडि छन् ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस