मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ ४, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम थर ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय युवक छन् ।

गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराति सवा ९ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक ललितपुर महानगरपालिका-२५ नखुडोल बस्ने ४२ बर्षका देब बहादर थापा रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस