रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ ४, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावरको आईपीओ खरीदका लागि आवेदन दिने आज ९बुधवार० अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मंगलवारसम्म मागभन्दा ६।९३ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझसम्म १५ लाख १७ हजार २८ जनाबाट रू। १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताको शेयर खरीद माग भएको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

आवेदकले उक्त आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस