काठमाडौं महानगर-७ मा पनि बालेनको अग्रता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ को मतगणना जारी रहेको छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवाती अग्रता कायम गरेका छन् । प्राप्त जानकारी अनुसार १०० मत गन्दा बालेनको पक्षमा ४८ भोट प्राप्त भएको छ । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार केशव स्थापितले ८ मत मात्रै पाएका छन् भने सिर्जना सिंहले २१ मत प्राप्त गरेकी छिन् ।

हालसम्म बालेनले १६ हजार ५२ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी स्थापितले ८ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५ सय ११२ मत प्राप्त गरेकी छिन् । यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले १५ हजार ६ सय ७४ मत प्राप्त गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस